विद्यार्थी दिवसको अवसरमा दुई दिने गोष्ठी

विद्यार्थी दिवसको अवसरमा दुई दिने गोष्ठी

नेकपा एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘शैक्षिक गोष्ठी’ आयोजना गरेर विद्यार्थी दिवस मनाउने भएको छ । 

अनेरास्ववियुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आज र भोलि दुई दिन गोष्ठी गर्न लागेको हो । ‘आजको पूँजीवाद, शिक्षा प्रणाली र विद्यार्थी आन्दोलन’ विषयक गोष्ठीमा मुलुकभरबाट विद्यार्थी सहभागी हुने अनेरास्ववियूले जनाएको छ । 

गोष्ठीमा नेपालको विद्यमान शैक्षिक प्रणालीका विविध आयाममाथि गम्भीर बहस गरिनेछ । भोलि ‘शिक्षणविधिको राजनीति र विचारको लडाइँ’,‘विद्यार्थी आन्दोलनः विगतको सिकाइ र आजको तयारी’,‘शिक्षा प्रणालीमा विश्व पूँजीवादको प्रभाव’ विषयमा छलफल हुनेछ । 

त्यस्तै, जेठ २ गते ‘समाजवाद र शिक्षा’,‘हाम्रो विश्वविद्यालय जीवनमा नवउदारवादको प्रभाव’,‘अनियन्त्रित पूँजीवाद र आधारभूत शिक्षा’, सार्वजनिक शिक्षाको पुनःदाबी’,‘समाजवादी शिक्षाको बाटो’,लगायतका विषयमा छलफल गरिने अनेरास्ववियुले जनाएको छ ।

टिप्पणीहरू