एनसेलको नयाँ प्लान : ‘सधैँ अन’

एनसेलको नयाँ प्लान : ‘सधैँ अन’
सुन्नुहोस्

एनसेले ‘फाइभजी भिजन’ मा आधारित ‘सधैँ अन’ प्लान सार्वजनिक गरेको छ । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले उक्त प्लान ल्याएको जनाएको छ । 

नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको यो प्लान ग्राहकका लागि एउटा विशेष प्रिपेड भएको कम्पनीले जनाएको छ । जसअनुसार सेवाग्राहीले अब डेटा, भ्वाइस तथा एसएमएसका लागि छुट्टाछुट्टै प्याक लिनु पर्दैन ।

प्याक लिएपछि ग्राहकको मेन ब्यालेन्सबाट रकम काटिँदैन । प्याकेज छँदै समय सकिए अर्को प्लान लिँदा वा अर्को महिनामा उक्त खपत नभएको प्याक पनि प्रयोग गर्न पाइने सुविधा रहेको जनाइएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर यसअघिको ६३ प्याकलाई अब २० प्याकमा गाभिएको छ । फाइभजी भिजनअनुसार भ्वाइस, डेटा तथा एसएमएस प्याक ल्याइएको हो ।

 

एनसेलले भनेको छ, ‘अब ग्राहकहरु अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याबाट मुक्त हुनेछन् ।’ एनसेलका ग्राहकले एस्टिडिक १२३ ह्यायस थिचेपछि चाहेको प्याकेज चाहेको लिन सक्छन् । प्याकेजमा ३९९ रुपैयाँमा १२ जीबी फोजी डेटा, ३९९ मिनेट नै भ्वाइस सुविधा र ३९९ वटा एसएमएस सेवा २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याक प्रिपेड ग्राहकलाई मात्रै लागु हुने छ ।

टिप्पणीहरू