राष्ट्रिय तमासा हेरिरहेका छौं : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताउँदै उहाँले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप पनि लगाउनुभयो ।
नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दिशा कतातिर जाने भन्ने चिन्ता बढेको छ । स्थिर भएर अघि बढ्नुपर्ने मुलुकको राजनीति अस्थिर भएको जनाउँदै उहाँले मुलुकमा स्थायित्व र वामपन्थी एवम् कम्युनिष्टबीचको एकता र समझदारी नयाँ उचाइमा पुर्याउनुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हमी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ ।’
टिप्पणीहरू