प्रधानमन्त्रीले विश्वासको मत लिन नमिल्ने दाबीसहित सर्वोच्चमा रिट दर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट हालेका छन् ।
जसपा विभाजन कानुनीरुपमा टुंगो लागिनसकेको अवस्थामा प्रधानमन्त्रीले लिने विश्वासको मतले वैद्यता नपाउने जिकिर गर्दै उनले आज रिट निवेदन दर्ता गराएका हुन् । रिटमा विश्वासको मत सम्बन्धी प्रक्रिया रोक्न माग गरिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिए ।
उनले भने, 'नयाँ पार्टी बनाएका सात सांसदहरुको मत निष्क्रिय रहेको र विवाद टुंगो नलाग्दै प्रधानमन्त्रीले विश्वासको मत लिनु अंसवैधानिक भएको दावीसहति निवेदन परेको छ ।' रिटको पेशी भोलिका लागि तोकिएको पनि उनले घिमिरेले बताए ।
पार्टी विभाजनविरुद्ध यसअघि यादवले दायर गरेको रिटमा सर्वोच्चले नयाँ पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो । भोलि प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी छ । त्यसनिम्ति प्रधानमन्त्री कार्यालयको पत्र संसद सचिवालयमा पुगिसकेको छ ।
टिप्पणीहरू