मधेश सरकारको नेतृत्व परिवर्तन हुन्छ : माधव नेपाल

मधेश सरकारको नेतृत्व परिवर्तन हुन्छ : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । उहाँले मुलुकको बदलिँदो राजनीतिक परिस्थितिका कारण मधेश सरकारको नेतृत्वमा फेरबदल आउन लागेको उल्लेख गर्नुभयो ।

जनकपुरमा सञ्चारकर्मीहरुसँग बोल्दै संघीय सरकारको स्वरुपमा भएको परिवर्तनबमोजिम मधेसमा पनि हुन लागेको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ । मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको छ ।’

टिप्पणीहरू