बिमस्टेक महासचिव शीतल निवासमा

बिमस्टेक महासचिव शीतल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेलसँग बे अफ बंगाल इनिटिएटिभ फर मल्टी सेक्टरियल टेक्निकल एण्ड इकोनोमिक को–अपरेटिभ (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता कुराकानी भएको हो ।

भेटमा राष्ट्रपति पौडेलले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकांक्षाको रुपमा बिमस्टेक रहेको बताउनुभयो । उहाँले हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुकहरु यस क्षेत्रमा रहेकाले अन्य सहकार्यका विषयसँगै जलवायु परिवर्तनको असर कम गर्न हिमाललगायत पर्यावरण संरक्षणलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू