उत्तरी नाका खोल्न परराष्ट्रमन्त्री बिहानै पूर्वतिर

उत्तरी नाका खोल्न परराष्ट्रमन्त्री बिहानै पूर्वतिर

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि बिहानै  संखुवासभा जान लाग्नुभएको छ । किमाथाङ्का नाकाको उद्घाटन गर्नका लागि उहाँ भोलि बिहान साढे ७ बजे त्यता जाने कार्यक्रम छ ।

नेपाली सेनाको एनए०६७ कल साइनको अगुस्टा हेलिकप्टरमार्फत तुम्लिङटार हुँदै उहाँ त्यता जानुहुने बताइएको छ । उहाँ नाका उद्घाटन गरेर फर्किनुहुने बुझिएको छ ।

कोरोना महामारीदेखि बन्द रहेको उक्त नाका भोलिदेखि सुचारु हुँदैछ ।

टिप्पणीहरू