संसदमा आज पनि नाराबाजी, अर्थमन्त्रीलाई स्कर्टिङ गरेर रोष्टममा पुर्याइयो

संसदमा आज पनि नाराबाजी, अर्थमन्त्रीलाई स्कर्टिङ गरेर रोष्टममा पुर्याइयो
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुले आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै लगातार संसद अवरोध गरिरहेका विपक्षीहरुले आज पनि त्यसलाई निरन्तरता दिएका हुन् । सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गर्न समय दिएलगत्तै कांग्रेस सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी शुरु गरे।

अवरोधकै बीच फुत्किएर रोष्टममा पुगेका अर्थमन्त्री पुन अहिले बोलिरहेका छन् । उनलाई मर्यादा पालक र सत्ता पक्षका युवा सांसदहरुले स्कर्टिङ गर्दै रोस्टममा पुर्याएका हुन् ।

टिप्पणीहरू