नाराबाजी र हो-हल्लाका बीच नीति तथा कार्यक्रम पारित
![नाराबाजी र हो-हल्लाका बीच नीति तथा कार्यक्रम पारित](https://janaaastha.prixacdn.net/media/albums/445694027_418445000999536_1580669718318473836_n_2_tkl6T0czAz.png)
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको छ । उक्त दिन आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू