एआइजी सोझै ठोक्किने नक्सालमा कि मन्त्री निवासमा ?

एआइजी सोझै ठोक्किने नक्सालमा कि मन्त्री निवासमा ?

गत हप्ता अबेर नेपाल प्रहरीका ४ जना डिआइजीमा भएको बढुवा सिफारिसमा गृहमन्त्री रवि लामिछानेलाई विशेष सल्लाह दिनेमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख एआइजी श्याम ज्ञवालीको विशेष रुचि भएको व्यापक चर्चा छ । उनी आइजी वसन्त कुँवरलाई थाहै नदिई दैनिक १ घण्टाजति गृहमन्त्रीको कार्यकक्ष र निवासमा भेटिन्छन् । सिआइबीले कुनै पनि मुद्दाको अनुसन्धान र दर्ता गर्ने कि नगर्ने भनेर तोक आदेश आइजिपीबाट लिने हो । 

एक दुई पटक आइजिपी कुँवरले मन्त्रीकैं च्याम्बरमा एआइजी ज्ञवालीलाई भेटेका छन् । त्यसो त आइजिपी कुँवर र लामिछानेको ग्रह त्यत्तिकै कहाँ नमिलेको हो र ? लामिछाने गृहमन्त्री भएको केही हप्तामै आइजिपी कुँवरलाई बोलाएर तराईका सबै जसो प्रहरी प्रमुख तान्न मौखिक उर्दी दिएका थिए । कुँवरले मापदण्डविपरीत भर्खरै गएका एसपीहरूको सरुवा गर्न नहुने र गम्भीर गल्ती गरे मात्रै कारवाही गर्नु उचित हुने अडान लिएका थिए ।

यो अडानका कारण गृहमन्त्री लामिछाने उनीसँग घनघोर रिसाए । तापनि, उनैले उपलब्ध गराएको मधेशका ५ जना एसपीहरूको सरुवा र रिक्त स्थानमा पदस्थापन भनेबमोजिम गरे तापनि चिसिएको सम्बन्धमा भने कुनै सुधार आएन । संसदीय समितिमा लामिछानेलाई चोख्याउने गरी बयान दिँदासमेत कुँवरलाई लामिछानेले पत्यार नगरेको बताइन्छ ।

मन्त्री र आइजीबीचको यही तिक्ततापूर्ण सम्बन्धको फाइदा उठाउँदै एआइजी ज्ञवालीसँग विशेष सम्बन्ध विकास गरेको बताइन्छ । रविले कुँवरलाई बुटवल सुप्रिम सहकारीको प्रतिवेदन बाहिरिएपछि आगो हुँदै झम्टिएको पनि धेरै भएको छैन । बाल मन्दिरको जग्गा घोटालामा ज्ञवाली नेतृत्वको सिआइबीले पक्राउ पुर्जी जारी भएकामध्ये ३ जनाले धर्ती छाडिसकेका छन् भने पुर्जी काटिएकालाई पनि नपक्रिने नीति बनाइएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू