बहुविवाहमा राजधानीका महानगर सुरक्षा प्रमुख
मेयर बालेन साहको आडमा चम्किएका राजु पाण्डेले गत हप्ता थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय र प्रधानमन्त्री निवासअगाडि नेपाल प्रहरीको बालुवाटार बिट भत्काउने प्रयास तुहिएको छ । गुठी संस्थानका नाममा रहेको जग्गामा २०३१ सालदेखि ट्राफिक प्रहरी कार्यालय बस्दै आएको छ । सो भवनको उद्घाटन तत्कालीन आइजिपी खड्गजित बरालले गरेका थिए । गुठी संस्थानको जग्गाबाट ट्राफिक प्रहरीलाई हटाउने तातो उसैलाई लाग्नुपर्ने हो ।
महानगर प्रहरी प्रमुख पाण्डेका दुई श्रीमती छन् । पछिल्लो समय दुई श्रीमती राख्दा बहुविवाहको मुद्दा लाग्नुका साथै जागिर पनि चट् हुने अवस्था सिर्जना भएपछि कान्छी गंगा पन्तसँग पारपाचुकेको नाटक रचेको बताइन्छ । पन्त नेपाल प्रहरीमा एसएसपीमा रहेको बुझिएको छ । पाण्डे जसरी भए पनि पन्तलाई डिआइजी बनाउन कस्सिएर लागेका थिए तर गृहमन्त्री ओमप्रकाश अर्यालले बाटो छेकेपछि त्यसैको भडासस्वरूप ट्राफिक प्रहरीको कार्यालय तोड्न अघि सरेको आंकलन गरिएको छ । पाण्डेकी जेठी श्रीमती लक्ष्मी थापा काठमाडौँस्थित नबिल बैंकमा छिन् । उनीतर्फको छोरा अष्ट्रेलियामा अध्ययनरत रहेको बताइन्छ ।
टिप्पणीहरू