बालुवाटारमा सहकारी ठगी छानबिनबारे छलफल

बालुवाटारमा सहकारी ठगी छानबिनबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठकअघि सहकारी छानबिन समिति कार्यादेश मस्यौदा कार्यदलको बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बसेको बताइएको छ ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट नेताहरु पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार छन् । एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीको तर्फबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायतको बैठकमा सहभागिता रहेको बताइएको छ ।

टिप्पणीहरू