यार्सा टिप्न गएकी किशोरी बितिन्

यार्सा टिप्न गएकी किशोरी बितिन्

यार्सागुम्बु टिप्न गएकी एक किशोरीको लेक लागेपछि ज्यान गएको छ । डोल्पाको काइके गाउँपालिका–५, बैजुवाडा निवासी १६ वर्षीया उषा बुढाको निधन भएको बताइएको छ । 

बुद्ध गाउँपालिका–३, टाक्सि पाटनमा शनिबार यार्सागुम्बा टिप्न जाँदा उनी लेक लागेर बिरामी परेकी थिइन् । उपचारको लागि जिल्ला सदरमुकाम दुनैतर्फ ल्याउने क्रममा काइके–५, नाउरपानीमा उषाको मृत्यु भएको हो ।

मृतकको शव सोही स्थानमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । मुचुल्काका लागि घटनास्थलमा प्रहरी टोली खटिएको छ ।

टिप्पणीहरू