नक्कली नोटको बिगबिगी : भारतमा छाप्ने, नेपालमा ल्याउने

नक्कली नोटको बिगबिगी : भारतमा छाप्ने, नेपालमा ल्याउने
सुन्नुहोस्

बारामा १३ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराले एक हजार दरका नक्कली रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ । 

१३ लाख १६ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरिएको छ ।

उनीहरुले सीमावर्ती भारतीय सहरमा नक्कली नोट छापेर नेपालमा ल्याएका हुन् । भारतको बिहार, मोतिहारी जिल्लाका महमद आलम, रौतहटको राजपुर नगरपालिका–१ का मोहनकुमार साह र बाराको कोल्हवी नगरपालिका ६ का राजन चौधरी तथा आकाश चौधरी नक्कली नोटसहित पक्राउ परेका हुन् ।

चारैजनालाई हिरासतमा राखी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू