विकल पौडेललाई थुनामा पठाइयो

विकल पौडेललाई थुनामा पठाइयो

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ । अदालतका न्यायाधीशत्रय खुशीप्रसाद थारु,तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई थुनामा पठाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध गत बुधबार विशेष अदालतमा भ्रष्टाचारको चौथो मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सन्दर्भमा उनी प्रहरी हिरासतमा थिए । अघिल्लो दिन जेठ ८ गते भएको अर्को भ्रष्टाचार मुद्दाको आदेशमा उनी दोषी ठहर भएका थिए ।

उनीविरुद्ध विशेष अदालतमा चार वटा मुद्दा परेको थियोे  ।

टिप्पणीहरू