माधव नेपालले देउवालाई भेटेकोमा उद्योग मन्त्री क्रुद्ध

माधव नेपालले देउवालाई भेटेकोमा उद्योग मन्त्री क्रुद्ध

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सहभागितालाई लिएर उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले असन्तुष्टि जनाएका छन् ।

गृह प्रदेश पुगेका उनले आज धनगढीमा पत्रकारसँग कुरा गर्दै सरकारमा बसेर विपक्षी दलको बैठकमा सामेल हुने कुरा स्वभाविक नहुने बताए । अध्यक्ष नेपालको नाम उल्लेख नगरी भण्डारीले यस्तै दोहोरो भूमिकाका कारण सुदूरपश्चिम प्रदेशमा सरकार बिस्तार हुन नसकेको दाबी गरे  ।

यस्तो प्रवृत्ति लामो समय नजाने बताउँदै उनले भने, ‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिट्टै त्यसको निरूपण हुन्छ, त्यही कारणले सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन ।'

अध्यक्ष नेपाल हिजो देउवा निवास बूढानिलकण्ठमा आयोजित विपक्षी दलका नेताहरुको बैठकमा सहभागी हुनुभएको थियो । सो बैठकमा मधेस प्रदेश सरकारले २२ गते लिने बिश्वासको मतका सन्दर्भमा कुराकानी भएको जनाइएको छ ।

टिप्पणीहरू