उहिले ढालिएको गिरिजाप्रसादको सालिक अहिले ठडियो

उहिले ढालिएको गिरिजाप्रसादको सालिक अहिले ठडियो

वीरगञ्जमा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक पुनः ठड्याइएको छ । वीरगञ्ज महानगरपालिका–२, इदगाहचोकमा कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ ।

मधेस आन्दोलनमा ध्वस्त बनाइएको उक्त सालिक पहिलेकै स्थानमा राखिएको छ ।

नयाँ सालिक प्रदेश सरकारको १६ लाख बजेटमा बनाइएको जानकारी दिइएको छ । कोइरालाको आगामी १०१ औं जन्मजयन्तीका अवसरमा असार १८ गते  सालिक अनावरण गर्ने कार्यक्रम छ ।
 

टिप्पणीहरू