प्रधानमन्त्री, एमाले अध्यक्ष र माधवबीच अर्थपूर्ण कुराकानी

प्रधानमन्त्री, एमाले अध्यक्ष र माधवबीच अर्थपूर्ण कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा अध्यक्ष नेपाल सहभागी भएपछि सत्ता समीकरणलाई लिएर विभिन्न टीका टिप्पणी भइरहेका बेला आज शीर्ष तीन नेताको भेट भएको हो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

छलफलपछि बाहिरिने क्रममा ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’ प्रतिपक्ष दलको बैठकमा नेपालको सहभागिताको विषयले आजको भेटमा चर्चा पाएको बुझिएको छ । 

प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा अध्यक्ष नेपालले आफूलाई जानकारी गराएर प्रतिपक्ष दलको बैठक गएको बताउनु र सिंहदरबारमा तीन नेताले भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

टिप्पणीहरू