राष्ट्रिय झण्डा बोकेर राष्ट्रभक्तिको गीत गाउँदा गाउँदै मञ्चमै ढले बलबीर

राष्ट्रिय झण्डा बोकेर राष्ट्रभक्तिको गीत गाउँदा गाउँदै मञ्चमै ढले बलबीर
सुन्नुहोस्

भारत मध्य प्रदेशको इन्दोर शहरस्थित एउटा योगा कक्षामा प्रस्तुति दिँदा दिदै एक जनाको निधन भएको छ । राष्ट्रभक्तिको गीतमा प्रस्तुति दिइरहेका बलवीर सिंह छाब्रा एकाएक ढले पनि अरु सहभागी भने यसलाई पनि उनको प्रस्तुतिकै एउटा अँश सम्झेर ताली बजाइरहेका थिए ।

७३ वर्षे बलवीर योगासङ्गै हिजो बिहान राष्ट्रभक्तिको गीतमा प्रस्तुति दिइरहेका थिए । सहभागी अरुले करतल ध्वनीका साथ ताली बजाइरहेका थिए । हातमा भारतको झण्डा बोकेर प्रस्तुति दिइरहेका उनी मञ्चमा ढले तर, योगामा सहभागीहरुले त्यो पनि उनको प्रस्तुति नै ठानेर ताली बजाइरहे ।

चिकित्सकहरुका अनुसार उनलाई हृदयाघात भएको थियो । सैनिक पोशाकमा सजिएर राष्ट्रिय झण्डा बोक्दै राष्ट्रभक्तिको गीत गाउँदा गाउँदै मञ्चमा ढलेर देहत्याग गरेको उक्त क्षणको मार्मिक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

टिप्पणीहरू