प्रधानमन्त्री चितवनको रिसोर्टमा, पर्यटनमन्त्री लमजुङको मादी चौरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह नगर चितवनमा हुनुहुन्छ । उहाँ हिजो अपरान्ह पौने ५ बजे १९ जनाको टोलीसहित बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यता जानुभएको हो ।
प्रधानमन्त्रीको टोली जगतपुरस्थित जंगल सफारी रिसोर्टमा बसेको बताइन्छ । टोलीमा छोरी गंगा दाहाल, नातिनीहरु, सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरु छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर गुरुङ चार सदस्यीय टोलीका साथ लमजुङको मादी चौर पुग्नुभएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङसहितको टोली प्रभु हेलिकोप्टरमा काठमाडौंबाट बिहान त्यसतर्फ गएको हो ।
टिप्पणीहरू