पोखरामा अन्नपूर्ण दिवस, धाम्पुसमा म्याराथन
पोखरामा भोलि अन्नपूर्ण दिवस मनाउने तयारी गरिएको छ । सोही सन्दर्भमा आज धाम्पुसमा म्याराथन आयोजना गरिएको छ।
७४ औं अन्नपूर्ण दिवसमा सहभागी हुन विभिन्न मुलुकका राजदूतहरु बिहानै पोखरा पुगेका छन् । पोखरा विमानस्थलमा बाजागाजासहित स्वागतपछि राजदूतहरुलाई स्थल सवारीमार्गबाट धाम्पुस लगिएको हो ।
कार्यक्रम परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डको संयुक्त आयोजनामा गरिएको हो ।
टिप्पणीहरू