काठमाडौं घुमेपछि भारतीय राज्यमन्त्री जनकपुरमा
भारतीय वातावरण, वन तथा जलवायु परिवर्तन, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्यमन्त्री अश्विनी कुमार चोर्बे जनकपुर पुगेका छन् । उनी यती एअरलाइन्सको उडानमा बिहान १० बजे चार जनाको टोलीसहित त्यहाँ पुगेका हुन्
चोर्बे शुक्रबार राति पौने ११ बजे एअर इण्डियाको उडान नम्बर एआई २११ मा नयाँ दिल्लीबाट काठमाडौं आएका थिए ।
यसअघि भारतीय ऊर्जा मन्त्रालयका सचिवको नेतृत्वमा एउटा टोली बिहीबार काठमाडौं आएको थियो । भिस्तारा एअरको उडान नम्बर युके १५५ मा आएको टोलीले राजधानीमा आयोजित ज्वाइन्ट स्टेयरिङ कमिटीमा भाग लिएको बताइएको छ ।
टिप्पणीहरू