पोखरामा खगराज खेमा भारी,जीवनलाई नयाँ जिम्मेवारी
नेकपा (एमाले) पोखरा महानगर कमिटीमा जीवनप्रसाद आचार्य विजयी भएका छन् । दिपक पौडेललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
आचार्यले २७७ मत प्राप्त गर्दा पौडेलले भने २१० मत पाए । बिहान ८ बजेपछि शुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो । ४ सय ९८ मतदाता रहेकोमा ४ सय ८८ मत खसेको निर्वाचन समितिले जनाएको छ । महानगरका १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मा २२ जना सदस्य निर्विरोध भइसकेका छन्
नेकपा एमाले गण्डकी प्रदेशभित्र पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी खेमाबीचको गुटगत राजनीतिले जरो गाड्दै गएको बताइन्छ । एउटै दलभित्र झाङ्गिएको दुई गुटको अन्तरसंघर्षको कारण पार्टीभित्र पानी बाराबारको अवस्था आएको देखिन्छ । एउटा गुटको कार्यकर्ता अर्को गुटको नेता,कार्यकर्तासङ्ग बसेर चिया खाएको देखियो भने स्पस्टिकरण दिनुपर्ने अवस्था रहेको स्वयं कार्यकर्ता बताउँछन् ।
पृथ्वीसुब्बा प्यानलबाट उठेका केही मनोनितबाहेक सबै पदाधिकारी र सदस्यहरु क्लिन स्वीप पारिएका छ्न ।
१९ गते उद्घाटनको दिन खगराज अधिकारीले भाषण गर्दा आफू कुनै उम्मेदवारको पक्षमा नरहेको भन्दै कडा शब्दमा स्पष्टीकरण दिएका थिए । पृथ्वीसुब्बा समूहबाट उठेका दिपक पौडेल खगराज खेमाका जीवन आचार्यसङ्ग ६७ मत कम ल्याई पराजित भए । पृथ्वीसुब्बा प्यानलबाट उठेका केही मनोनितबाहेक सबै पदाधिकारी र सदस्यहरु क्लिन स्वीप पारिएका छ्न । ५१ दिनमात्रै मुख्यमन्त्री बनेर सत्ताच्युत भएका अधिकारीले महानगर पालिकाको पार्टी चुनावमा पुरा सफलता पाएका छन् । उद्घाटन कार्यक्रममा आफुलाई अदालतले सेटिङबाट बर्खास्त गरेको उनको दावी थियो ।
एमालेको यो दोस्रो महानगर अधिवेशन र केही महिनाअघि भएको जिल्ला अधिवेशनले पृथ्वीसुब्बा प्यानललाई नराम्रो धक्का दिएको बताइन्छ । पार्टीको आन्तरिक चुनाव भए पनि यसले २०८४ मा हुने आमचुनावलाई असर पार्न सक्ने राजनीतिक बिश्लेषकहरुले अनुमान लगाएका छन् । दोस्रो तहका नेताहरुले रोपेको गुटको रोगलाई केन्द्रले हस्तक्षेप नगर्ने हो भने भाइ फुटे गँवार लुटे भन्ने उखान चरितार्थ नहोला भन्न सकिन्न ।
टिप्पणीहरू