लोकसभा निर्वाचन मतगणनामा बिजेपी अगाडि, अन्तिम नतिजा आजै सार्वजनिक हुने

लोकसभा निर्वाचन मतगणनामा बिजेपी अगाडि, अन्तिम नतिजा आजै सार्वजनिक हुने

भारतमा लोकसभा निर्वाचनअन्तर्गत सात चरणमा सम्पन्न मतदानको मतगणना शुरु भएको छ । बिहान ९ बजेसम्म ३०१ सिटको गणना जारी छ । जसमा बीजेपी १५२, काँग्रेस ४८ र अन्य दलले १०० सिटमा विजयोन्मुख रहेको बताइएको छ ।

५४३ सिटको लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ । मतगणनाको अन्तिम नतिजा आजै सार्वजनिक हुने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले धेरै स्थानमा अग्रता लिएको स्पष्ट छ । भारतीय काँग्रेस र अन्य दलहरु सम्मिलत विपक्षी गठबन्धन आइएनडिआइएले एनडिएलाई पछ्याइरहेको देखिन्छ ।

टिप्पणीहरू