सबै श्रेणीहरू

लोकसभा निर्वाचन मतगणनामा बिजेपी अगाडि, अन्तिम नतिजा आजै सार्वजनिक हुने

लोकसभा निर्वाचन मतगणनामा बिजेपी अगाडि, अन्तिम नतिजा आजै सार्वजनिक हुने

भारतमा लोकसभा निर्वाचनअन्तर्गत सात चरणमा सम्पन्न मतदानको मतगणना शुरु भएको छ । बिहान ९ बजेसम्म ३०१ सिटको गणना जारी छ । जसमा बीजेपी १५२, काँग्रेस ४८ र अन्य दलले १०० सिटमा विजयोन्मुख रहेको बताइएको छ ।

५४३ सिटको लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ । मतगणनाको अन्तिम नतिजा आजै सार्वजनिक हुने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले धेरै स्थानमा अग्रता लिएको स्पष्ट छ । भारतीय काँग्रेस र अन्य दलहरु सम्मिलत विपक्षी गठबन्धन आइएनडिआइएले एनडिएलाई पछ्याइरहेको देखिन्छ ।