अध्यक्षको बचाउमा एमाले सचिवको आक्रोश
सत्तारुढ दल नेकपा एमालेले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहप्रति आक्रोश पोखेको छ । गिरीबन्धु टी-स्टेटको जग्गा हिनामिना प्रकरणमा आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएका बालेनसँग एमाले सचिव योगेश भट्टराई आक्रोशित भएका हुन् ।
आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले ओलीमाथि मजाक नगर्न बालेनलाई कडा चेतावनी दिए । नेताहरुले जेल बसेर, लडेर लोकतन्त्र ल्याएको उल्लेख गर्दै उनले तिनै नेताविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्मिता नङ्ग्याउने काम' हुने टिप्पणी गरे ।
नेताहरू जेल बसेको कुरालाई खिसिट्युरी नगर्न पनि भट्टराईले बालेनलाई सुझाएका छन् । देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको उनको तर्क छ ।
ओलीले दिएको तबला उपहार करुणा,प्रेम,सद्भाव र संयमता कायम गर्न भएपनि बालेनले संयमता गुमाउँदै गएको उनले बताए । आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिँदै उनले संविधानले तोकेको सीमा र अधिकारमा रहेर काम गर्न सल्लाह दिए ।
काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेद उत्पन्न हुँदा त्यसको दोष एमाले र आफ्ना अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न सोधेका भट्टराईले त्यस्तो कुरा स्वीकार्य नहुने बताए । बालेनले निर्वाचन जित्दा एमाले आशावादी भएको तर, त्यसअनुसार अहिले काम नभएकोमा उनको आक्रोश छ ।
यस्तो छ, सांसद भट्टराईको भनाई
काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु भए । त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नु पर्ने ? काठमाडौं महानगरपालिकाका प्रमुख बोलेन्द्र साहलाई सम्मानका साथ भन्न चाहन्छु- उहाँ जननिर्वाचित हुनुभएको छ । उहाँले चुनाव जितेर आएपछि हामी पनि आशावादी भएका छौं । उहाँले निर्वाचन जितेर आउने बित्तिकै तबला उपहार दिनुभएको थियो । तबला किन उपहार दिनुभयो । किन ड्रम बजाउने उपहार दिनुभएन । बोलेन्द्र साहले संगितको ड्रम बजाएर नै आउनु भएको थियो । तर, अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो ।
मेयरलाई तबलाको धुनमा काम गर्नुस् । तबेलाको अर्थ हो । कुरुणा,प्रेम,सदभाव र सम्यमता हो । तर, काठमाडौं महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ । काठमाडौं महानगर मुलुकको राजधानी हो । महानगरपालिका जनप्रतिनिधि काठमाडौंको सभ्यताको प्रतिनिधित्व गर्छ । नेपालको सभ्यताको प्रतिनिधित्व गर्छ । ऋषीमुनी र बुद्धले बनाएको सभ्यता छ । आज त्यो सभ्यातामाथि धावा बोलिदै छ ।
२०५४ सालमा एमालले महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य शहर बनाउने सफा शहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति बागमती,विष्णुमति,मनोहरा करिडोर बनायौं । खुसीबु जग्गा प्लानिङ्ग,टाउन प्लानिङ्ग गर्यौँ । नयाँ शहर बनाउने थालनी गरेका हौं । काठमाडौंका बाटा चौडा बनायौं । माइतीघर मण्डला,तीनकुने चौडा बनाउने कुरामा मिका खेल्यौं । विद्यासुन्दर शाक्य मेयर भएर आएपछि काठमाडौंको भूकम्पपछिको निर्माणमा उल्लेखिय भूमिका खेल्यौं । रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्क्वायर पुनर्निर्माण गर्यौँ ।
काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न तयार छौं । मेयर बालेनजीलाई भन्न चाहन्छु- पैसा कति चाहियो । सरकार दिन तयार छ । प्रधानमन्त्री,अर्थमन्त्रीलाई भनौंला । काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईका योजना के-के छन् । आउनुस हामीसँगै काम गरौंला । तर, उतेजना फैल्याएर,उश्रृखल गतिविधि गरेर होइन ।
तपाईमार्फत लाखौ युवाहरुले यो देशको भविष्य खाजेका हुन् । लाखौं युवाहरुले आफ्नो भविष्य,सपना तपाईमार्फत खोजेका हुन् । पछिल्लो दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवामाथिको सपनालाई र मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यो हिसाबले अगाडि नबढ्न आग्रह गर्दछु ।
मेयरले नेताहरु जेल बसेको कुरालाई मज्जाकले उडाउनु भयो । हामीलाई दु:ख लागेको छ । केपी ओली, शेरबहादुर देउवा,पुष्पकमल दाहाल, माधव नेपाल, महन्थ ठाकुर,अशोक राई, उपेन्द्र यादवलगायत अग्रभावमा हुनेहरु जेल बसेर यो व्यवस्था ल्याएका हुन् । त्यसबापत काठमाडौं महानगरको मेयर तपाई हुनुभएको छ । ती नेताहरुको जेल बसाईलाई मज्जाक उडाउने ? हामी भन्न चाहन्छौं- जो मान्छे जसले इतिहासमाथि गर्व गर्न सक्छ । यसरी तपाईले भण्डाफोर गर्ने हो भने आफ्नै आमामाथि तपाईले चिथोर्दै हुनुहुन्छ । तपाई आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाउँदै हुनुहुन्छ । तपाई काठमाडौं महानगरपालिकाको मेयर हो भन्ने कुरा नभुल्नको लागि आग्रह गर्न चाहन्छु ।
टिप्पणीहरू