जसपाको पण्डाल हावाहुरीले भत्कियो

जसपा, नेपालको राष्ट्रिय महाधिवेशनका लागि तयार पारिएको पण्डाल हावाहुरीले भत्काएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डाल हिजो रातिको हावाहुरीले भत्काइदिएको हो । पण्डाल लागि गाडिएको बाँस ढलेको ठेकेदार सञ्जय मण्डलले बताए । 

उनका अनुसार पण्डालमा बाँसको काम सम्पन्न भइसकेको थियो भने त्रिपाल लगाउन मात्र बाँकी थियो । ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएका मण्डलले हावाहुरीबात करिव साढे ८ लाख बराबरको क्षति भएको बताए । 

एक महिना लगाएर काम भैरहेको अवस्थामा महाधिवेशनको एक साता मात्र बाँकी रहँदा पण्डाल भत्किएपछि पुन: निर्माण थाल्नुपर्ने भएको छ । महाधिवेशन अगावै निर्माण सम्पन्न गर्ने ठेकेदार मण्डलले जानकारी दिए । 

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ ।
 

टिप्पणीहरू