भागबण्डाको सकसले मुख्यमन्त्री दाबीमा बिलम्ब

भागबण्डाको सकसले मुख्यमन्त्री दाबीमा बिलम्ब

मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी पेशमा ढिलाई भएको छ । 

एमाले र माओवादी केन्द्रसहितका दलहरुको समर्थनमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दलहरुबीच सहमति छ । बहुमत सांसदको हस्ताक्षरसहित जनमतका सतिश सिंहले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी थियो । तर, बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बैठक बसेका दलका नेताहरुले सहमति गर्न नसकेपछि रोकिएको हो । 

नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय मागेपछि कुरा मिल्न नसकेको बताइएको छ । प्रदेश सभामा सात जना सांसद रहेको नेकपा एस सरकार गठनका लागि निर्णायक देखिएको छ । 

जसपा नेता तथा कामचलाउ मुख्यमन्त्री सरोज यादवले हिजो विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया थालिएको हो ।

टिप्पणीहरू