प्रधानमन्त्री भारत जाने, ११ देशबाट राजदूत फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जानुहुने भएको छ । उहाँ भारतीय समकक्षी नरेन्द्र मोदीले पर्सि गर्ने प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने बताइएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार भारतसहित ११ मुलुकका नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएको छ ।
भारतमा शंकरप्रसाद शर्मा राजदूत छन् । आजको क्याबिनेट बैठकले अमेरिका, बेलायतसहित ११ मुलुकका राजदूतलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ । ती सबै नेपाली काँग्रेसको कोटामा राजदूत नियुक्त भएका थिए ।
टिप्पणीहरू