बालाई अध्यक्ष,छोरालाई जिएम
हिजो अपरान्ह मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयमध्ये एउटा भने अलि रोचक छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन आइतबार दिल्ली जानेदेखि विभिन्न राजनीतिक नियुक्तिको निर्णयसमेत भएको छ । हिजैको बैठकले ११ देशमा कार्यरत नेपाली काँग्रेस र जसपानिकट राजदूतहरुलाई फिर्ता बोलाएको छ ।
सोही क्रममा मन्त्रिपरिषद बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गरेको जानकारी दिइएको छ । उनी बाजुरा निवासी लालबहादुर वलीका छोरा हुन् । लालबहादुर अघिल्लो महिना एमाले जिल्ला अधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका थिए ।
भर्खर इञ्जिनियरिङमा लाग्दै गरेका पदम एकाएक जिएम बनेपछि जिल्लादेखि केन्द्रसम्म विशेषगरी एमाले वृत्तमा विशेष चर्चा हुन थालेको छ ।
बालकोट निकट लालबहादुर पार्टी अध्यक्ष बनेको एकाध हप्ताभित्रै छोरा हिजो जिएम नियुक्त भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट गएर भेटेलगत्तै सरकारले उनलाई जिएम नियुक्त गरेको हो । भर्खर इञ्जिनियरिङमा लाग्दै गरेका पदम एकाएक जिएम बनेपछि जिल्लादेखि केन्द्रसम्म विशेषगरी एमाले वृत्तमा विशेष चर्चा हुन थालेको छ ।
सरकारले हिजो नै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । संसद भवन रहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोकिएको छ ।
त्यसैगरी भारत, अमेरिका,कतार, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया,स्पेन,पोर्चुगल, डेनमार्क र इजरायलस्थित राजदूतलाई फिर्ता बोलाइएको छ ।
टिप्पणीहरू