केमिकल पसलमा लागेको आगोमा डेढ करोडको क्षति

केमिकल पसलमा लागेको आगोमा डेढ करोडको क्षति

रुपन्देहीको बुटवलस्थित एक केमिकल पसलमा आगलागी हुँदा डेढ करोडको क्षति पुगेको छ । बुटवल उपमहानगरपालिका–६, ज्योती पथस्थित स्थानीय दिपक खनालले सञ्चालन गरेको आदर्श इन्टरनेशनल सर्जिकल एण्ड केमिकल थोक तथा फुटकर बिक्रेता पसलमा आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको बताइएको छ ।

गएराति विद्युत सर्ट भई लागेको आगोले चार वटा सटरमा रहेको औषधीका सम्पूर्ण केमिकलहरु जलेर नष्ट भएको प्रहरी जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू