बेइजिङ पुगेर पाकिस्तानी प्रधानमन्त्रीले भने ‘बीआरआई मुलुकको विकासका लागि अपरिहार्य’

बेइजिङ पुगेर पाकिस्तानी प्रधानमन्त्रीले भने ‘बीआरआई मुलुकको विकासका लागि अपरिहार्य’

चिनियाँ राष्ट्रपति सी चिन फिङ र पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफबीच बेइजिङमा भेटवार्ता भएको छ । हिजो भएको भेटवार्तामा पाकिस्तानी प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मुलुकको विकासका लागि अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले बेल्ट एन्ड रोड इनिसिएटिभमा पाकिस्तानको पूर्ण समर्थन रहेको बताउँदै भने, ‘चीन र पाकिस्तानबीचको सम्बन्ध सदैव गाढा रहन्छ । पाकिस्तान एक चीन नीतिको पक्षमा छ ।’

प्रत्युत्तरमा चिनियाँ राष्ट्रपति सिले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र आतंकवादविरुद्ध लडेकोमा सराहना गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू