रवि र सचिवहरुलाई अलगअलग सवारी

रवि र सचिवहरुलाई अलगअलग सवारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोलि बिराटनगर जाने कार्यक्रम  छ ।

उहाँ बिहान साढे ७ बजे बुद्ध एअरको उडानमा चार जनाको टोलीसहित त्यता जाँदात्यसअघि सचिवहरुको टोलीलाई भने सेनाको हेलिकोप्टर तयार गरिएको बुझिएको छ । गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा १५ सदस्यीय टोली बिहान साढे ६ बजे त्रिभुवन विमानस्थलबाट उड्ने कार्यक्रम छ । 

राजश्व सचिव डा.रामप्रसाद घिमिरे, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल,गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, सेनाका रथी अशोकराज सिग्देलसहित १५ जनाको टोली उक्त हेलिकोप्टरमा विराटनगर जाँदैछ ।

टिप्पणीहरू