यता अख्तियारद्वारा अनुसन्धान जारी,उता एमाले अध्यक्ष आभारी
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भव्य सम्मान गर्नुभएको छ । अधिकारीलाई हिजो राजधानीमा आयोजित एमाले पर्यटन विभागको कार्यक्रममा सम्मान गरिएको हो ।
महाराजगञ्जस्थित अमेरिकी राजदूतावास नजिकैको रोयल दरबार रेष्ट्रोमा एमाले नेता भीम आचार्य प्रमुख रहेको पर्यटन विभागले पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
प्रमुख अतिथि रहनुभएका ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान जारी राखेका अधिकारीलाई सम्मान गर्नुभएको हो ।
अधिकारीले गत महिना उपेन्द्र यादवको पार्टी विभाजन र अशोक राईको नेतृत्वमा पार्टी गठनको निम्ति आर्थिक व्यवस्थापन गरेर सहयोग पुर्याएको स्वयम् एमालेजनले बताएका छन् ।
उनीमाथि पोखरा,मनाङ्ग,भैरहवा,जनकपुर र अन्य विमानस्थल निर्माणमा अरबौँ भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियारले १३ पन्ने भराएर अकुत सम्पत्तिमा अनुसन्धान जारी राखेको छ । अधिकारीले गत चैत महिनामा लगातार दुई सातासम्म बयान दिएका थिए । साथै,अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि त्यसमा समेत अनुसन्धान थालिएको आयोग स्रोतको दाबी छ ।
अधिकारीले गत महिना उपेन्द्र यादवको पार्टी विभाजन र अशोक राईको नेतृत्वमा पार्टी गठनको निम्ति आर्थिक व्यवस्थापन गरेर सहयोग पुर्याएको स्वयम् एमालेजनले बताएका छन् । अधिकारीलाई पछिल्लो समय यति एअरलाइन्सका मालिक ल्हाक्पा सोनाम शेर्पाले बोकेको पर्यटन व्यवसायीहरुको बुझाइ छ । शेर्पाले आफ्नो एअरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ पाउने लोभमा अधिकारीलाई एमाले नेताहरुसँगको भेटघाटमा सहजीकरण गरिदिएको अनुमान लगाइएको छ ।
टिप्पणीहरू