हङकङबाट बेइजिङ र सांघाईसम्म हाइ स्पिड रेल

हङकङबाट बेइजिङ र सांघाईसम्म हाइ स्पिड रेल

चीनका अधिकांश भूभागमा विस्तार भएको तीव्र गतिको रेल (हाइ स्पिड) ले हङकङलाई पनि जोडेको छ । आगामी शनिबारदेखि हङकङबाट अब बेइजिङ र सांघाईसम्म आरामदायी स्लिपर सुविधाको हाइ स्पिड रेल सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ ।

यसबाट हङकङलाई चीनको मुख्य भूमिसँग जोड्ने अर्को नयाँ माध्यम बनेको हङकङ प्रशासनले जनाएको छ । यसअघि हङकङ र चीनको मुख्यभूमिबीच सामान्य रेल सेवाको सुविधा थियो । हङकङ र चीनको मुख्यभूमिबीच दुई किसिमको रेल सेवासँगै हवाई, स्थल मार्ग र जलमार्ग कायम छ ।

प्रारम्भमा उक्त रेलमा ६ सय सिट उपलब्ध हुने र अत्याधुनिक सेवा सबै राखिएको बताइएको छ । यसअघिको सामान्य रेल भन्दा तीव्र गतिको रेल सेवामा यात्रा समय आधा कम हुने छ । पहिले २४ घण्टाभन्दा बढी लाग्ने उक्त रुटमा अब साढे १२ घण्टामा यात्रा पूरा हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू