एक रातलाई रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जानुभएकाले महासेठ कार्यवाहक प्रधानमन्त्री तोकिनुभएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उहाँले सम्हाल्दै आउनुभएको जिम्मेवारी उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले सम्हाल्ने गरी तोक्नुभएको छ । 

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि साँझ सवा ७ बजे आयोजित शपथ ग्रहण कार्यक्रममा सहभागी हुनुहुने छ ।  उहाँ भोलि स्वदेश फर्कने कार्यतालिका छ । 

नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई उपप्रधानमन्त्रीहरु महासेठ, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले बिदाई गर्नुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

टिप्पणीहरू