झोलुंगे पुलमा फसेका खच्चडमध्ये दुईको मृत्यु, दुईको उद्धार जारी
अछामबाट दैलेख आउने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा फसेका खच्चडमध्ये दुई वटाको उद्धारको क्रममा मृत्यु भएको छ ।
आज बिहान अछामको पञ्चदेवल विनायक नगरपालिका–९, बाट दैलेखको आठबिस नगरपालिका–४, खिड्कीज्युला बजार आउने क्रममा झोलुंगे पुलको एकातर्फको लठ्ठा चुडिँदा १३ वटा खच्चड जालीमा फसेका थिए ।
तीमध्ये नौ वटाको सकुशल उद्धार गरिएको छ भने दुई वटाको उद्धारको क्रममा मृत्यु भएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार अझै दुई वटाको उद्धार गर्न बाँकी छ ।
जालीमा अड्किएका खच्चडलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयले जाली काटेर कर्णाली नदीमा खसालेर उद्धार गरेका हुन् । अहिले पनि उद्धार कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
टिप्पणीहरू