तिब्बती शहरमा नेपाल र चीनबीच मैत्रीपूर्ण पहिलो डुंगा दौड

तिब्बती शहरमा नेपाल र चीनबीच मैत्रीपूर्ण पहिलो डुंगा दौड

छिमेकी चिनियाँ प्रान्त सिजाङ्ग (तिब्बत) को निङ्च शहरमा भोलि हुने ड्र्यागन डुंगा महोत्सवमा  सहभागी हुन नेपाली टोली बेलैमा त्यहाँ पुगेको छ । उक्त महोत्सवमा पहिलो पटक नेपाल सहभागी बन्न लागेको हो ।

२० जनाभन्दा बढीको टोलीमा पोखरा महानगरपालिका र बोर्डका प्रतिनिधिहरु समावेश छन् ।

टोलीको नेतृत्व नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले गरेका छन् । २० जनाभन्दा बढीको टोलीमा पोखरा महानगरपालिका र बोर्डका प्रतिनिधिहरु समावेश छन् । 

यो महोत्सव चिनियाँ परम्परागत क्यालेण्डरको पाँचौं महिनाको पाँचौं दिन आयोजना गर्ने प्रचलन छ । यो चीनका चार प्रख्यात परम्परागत पर्व तथा महोत्सवमध्येको एक हो । 

ड्र्यागन डुंगा महोत्सव चिनियाँहरुले मानव जीवन र मृत्युको स्मरणमा परापूर्वकालदेखि मनाउने गर्दछन्  । यसलाई चिनियाँहरुले पारिवारिक र समुदायको पुनर्मिलनको रुपमा पनि लिने गरेका छन् ।

टिप्पणीहरू