पहिलो प्रयासमै नेपालले चीन र सिङ्गापुरलाई जित्यो

पहिलो प्रयासमै नेपालले चीन र सिङ्गापुरलाई जित्यो

चीनको सिजाङ्ग (तिब्बत) स्वायत्त क्षेत्रको निङ्च शहरमा सम्पन्न ड्रयागन डुंगा महोत्सवको चार वटै प्रतिस्पर्धामा नेपालको टोली प्रथम भएको छ । उक्त महोत्सवमा पहिलो पटक भाग लिएको नेपाली टोलीले यसरी उल्लेख्य सफलता हासिल गरेको हो ।

नेपाल ड्रागन बोट रेस १०० मीटर र २०० मीटर,याक बोट १०० मीटर र र्याफ रेस २०० मीटर प्रतियोगितामा प्रथम भएको र प्रतियोगितामा भाग लिन २० जनाभन्दा बढीको टोली तिब्बत गएको थियो । 

टोलीमा पोखरा महानगरपालिका र पर्यटन बोर्डका प्रतिनिधिहरु पनि छन् । टोलीको नेतृत्व नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले गरेका छन् ।

 

यो महोत्सव चिनियाँ परम्परागत क्यालेण्डरको पाँचौं महिनाको पाँचौं दिनमा आयोजना गर्ने प्रचलन छ । यो चीनका चार प्रख्यात परम्परागत पर्व तथा महोत्सवमध्येको एक हो ।

टिप्पणीहरू