अन्तर्राष्ट्रिय संस्थाको सल्लाहकारमा बसिदिन महिलामन्त्रीलाई आग्रह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र चीनका पूर्वराजदूत एवम् विदेश मन्त्रालयको क्याडर विभागका पूर्वमहानिर्देशक लिउ युहेबीच भेटवार्ता भएको छ । सो क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत तीन पिलर महिलाको आर्थिक सशक्तीकरण, कुरीतिविरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान पुर्याउन आग्रह गर्नुभएको बताइएको छ ।
उहाँले बालसुधार गृहमा रहेका बालबालिकाहरु माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा पनि जोड दिनुपर्ने धारणा राख्नुभएको छ ।
पूर्वराजदूत युहेले वुमन्स प्रोग्रेस, डिजिटल इम्पावरमेन्ट ग्रीन डेभलपमेन्ट कार्यक्रमबारे जानकारी गराउँदै उक्त संस्थाको सल्लाहकारको भूमिका निर्वाह गरिदिन मन्त्री चौधरीलाई आग्रह गर्नुभएको मन्त्रालयको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया–अफ्रिका (वेड्स) का अध्यक्ष झाव मेइलिङले आगामी नोभेम्बरदेखि एसिया र अफ्रिकाका पाँच मुलुकमा उक्त कार्यक्रम सुरू हुने जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू