चौधरीको चाउचाउ काण्ड झन् चर्को

चौधरीको चाउचाउ काण्ड झन् चर्को

विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरीको सिजी फुड्स नेपाल लिमिटेडले ‘वाइवाइ क्रिकेट स्पेशल एडिसन प्याकेट’ बजारमा ल्याइएको घोषणा गरेको छ । नेपाल दोस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्ने नाममा वाइवाइको विशेष प्याकेटको बिक्री वितरण थालिएको कम्पनीले जनाएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा सो अवधारणा कार्यान्वयनमा ल्याइएको चौधरीको कम्पनीको दाबी छ । सो प्याकेटले नेपाली क्रिकेट प्रेमीहरुमा उत्साह थप्ने भन्दै अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि क्यानलाई ६० लाख रुपैयाँ सहयोग दिने घोषणासमेत गरेको छ ।

वाइवाइको उक्त घोषणासँगै सामाजिक सञ्जालमा टिकाटिप्पणीको ओइरो लागेको छ । वाइवाइको गुमेको बजार फिर्ता ल्याउन सिजीले मौका छोपेको अधिकांशको बुझाइ छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘क्यान्सरबाट आफू बचौं र अरुलाई पनि बचाऔं ।’ 

‘क्यान्सरको शिकार बनाउने चाउचाउको विज्ञापन बन्द गर ।’ लेखिएको छ, ‘अस्ति अनुगमनमा गुणस्तरहीन भेटेपछि भड्किएको ग्राहकको आँखामा छारो हाल्न लागेका हुन् ।’

त्यस्तै,अर्काले भनेका छन्, ‘नखाऊँ है नखाऊँ खानैपरे अरु चाउचाउ खाऊँ,चौधरीको ब्राण्ड त खाँदै नखाऊँ ।’ सामाजिक सञ्जालमा भेटिएको छ,‘क्यान्सरको शिकार बनाउने चाउचाउको विज्ञापन बन्द गर ।’ लेखिएको छ, ‘अस्ति अनुगमनमा गुणस्तरहीन भेटेपछि भड्किएको ग्राहकको आँखामा छारो हाल्न लागेका हुन् ।’

काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउमा क्यान्सर हुनसक्ने घातक रसायन भेटेको थियो । गत बैशाख १२ गते गुणस्तर परीक्षणका क्रममा एसिड भ्यालु अत्यधिक पाइएपछि महानगरले कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो ।  

त्यस्तै,वाइवाइको ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको थियो । त्यसपछि चौधरीका जेठा छोरा एवम् सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वभर लोकप्रिय भएको वाइवाइविरुद्ध नेपालमा ‘प्रोपोगाण्डा’ गरिएको बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत् वाइवाइलाई बद्नाम गराइएको भन्दै असन्तुष्टि पनि जनाएका थिए । 

आफ्नो उत्पादनको गुणस्तरमाथि प्रश्न उठेपछि सिजीले ठूला मिडियालाई वाइवाइ चाउचाउको विज्ञापन बाँडेको थियो । कतिपय सञ्चारगृहले चौधरीको बखानसहित विज्ञापनलाई नै समाचार बनाएका थिए ।

चाउचाउमा रसायन भेटिएपछि चितवनको इच्छाकामना गाउँपालिकाले वाइवाइमा प्रतिबन्ध लगाउने तयारी थालिसकेको छ । उता, बागलुङको गल्कोट नगरपालिका–४ ले वाइवाइ चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ । वडाभित्र चाउचाउको किनबेचमा पूर्ण प्रतिबन्ध छ ।

टिप्पणीहरू