ऊर्जामन्त्री सेनाको हेलिकोप्टरमा काभ्रे हुँदै सिन्धुलीतर्फ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत सेनाको हेलिकोप्टरमा काभ्रेपलाञ्चोक र सिन्धुली जानुभएको छ । उहाँ सेनाको कल साइन एनए ०६६ हेलिकोप्टरमा बिहान सवा ८ बजे काठमाडौंबाट त्यसतर्फ जानुभएको बताइएको छ ।
टोलीमा प्रतिनिधिसभा सदस्य सूर्यमान तामाङ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत चार जना रहेको बुझिएको छ ।
टिप्पणीहरू