मधेशको मुख्यन्यायाधिवक्तामा महतो

मधेशको मुख्यन्यायाधिवक्तामा महतो

मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त भएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यन्यायाधिवक्ता नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम उनलाई नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

‘मधेश प्रदेशका माननीय मुख्यमन्त्री श्री सतिशकुमार सिंहज्यूको सिफारिसमा माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सबैला नगरपालिका–६ निवासी श्री सुरेन्द्रकुमार महतोज्यूलाई मिति २०८१–०२–३० गते मधेश प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको...’, कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

 

टिप्पणीहरू