प्रधानमन्त्री प्रचण्डसँग माधव नेपालको भेट
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न उहाँहरु बिच करिब एक घण्टा भेटवार्ता भएको हो । प्रधानमन्त्री भेट्न अध्यक्ष नेपाल पौने ३ बजे सिंहदरबार पुग्नुभएको थियो ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । यसअघि आजै दिउँसो अध्यक्ष नेपालले क्याविनेट पुनर्गठनको विषयमा आफूलाई जानकारी नभएको र प्रधानमन्त्रीलाई भेटेर सोध्ने बताउनुभएको थियो ।
जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा लैजान पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच निरन्तर छलफल भैरहेको छ । त्यसबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले भन्नुभयो, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौला ।'
टिप्पणीहरू