सभामुखद्वारा सरकारलाई जवाफ दिन रुलिङ

सभामुखद्वारा सरकारलाई जवाफ दिन रुलिङ

सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभा बैठकको शून्य, आकस्मिक र विशेष समयमा उठेका विषयहरूमा सरकारको ध्यानाकर्षण गराउँदै उहाँले जवाफका लागि रुलिङ गर्नुभएको हो ।  आजको बैठकमा सभामुखले भन्नुभयो, ‘यहाँहरुले सदनमा शून्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरुप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाउँदै आएका छन् । आजैको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका थिए ।

टिप्पणीहरू