राप्रपाका चार विभागीय प्रमुख हेरफेर

राप्रपाका चार विभागीय प्रमुख हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम आज चार विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् । 

उनले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारीमा भने आफैंलाई राखेका छन् । त्यस्तै, संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल रहेका छन् । 

सहमहामन्त्रीद्धय धनबहादुर बुढा र प्रकाश रिमालले क्रमशः सम्पर्क समाज समन्वय विभाग र युवा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
 

टिप्पणीहरू