निर्वाचन आयोगको रिक्त सदस्यमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयोगको रिक्त सदस्यमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । आज साँझ बसेको संवैधानिक परिषद बैठकले प्रधानको नाम सिफारिस गरेको बताइएको छ ।

संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा परिषदको बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको बैठकमा पाँचै जना सदस्यको उपस्थिति थियो ।

प्रधान नुवाकोट स्थायी ठेगाना भएका नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए । उनीसँग आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), ग्रामीण विकास प्रतिष्ठान, राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काम गरेको अनुभव छ ।

टिप्पणीहरू