मेयर बालेन बैठक रोकेर ब्राजिल प्रस्थान

मेयर बालेन बैठक रोकेर ब्राजिल प्रस्थान

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह नगर कार्यपालिकाको बैठक वीचैमा रोकेर आज बिहान सवा दुई बजे झिसमिसेमै ब्राजिलतर्फ प्रस्थान गरेका छन् ।

साओ पाउलो शहरमा आयोजित ‘वर्ल्ड एशोसिएशन अफ द मेयर मेट्रोपोलिसिस’ को ‘मेट्रोपोलिसिस बोर्ड अफ डाइरेक्टर मिटिङ्ग’ मा सहभागी हुन उनी बिहान त्यता गएका हुन् । 

सवा २ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मार्फत त्यता गएका उनी असार ८ गते बिहान मात्र स्वदेश फर्किनेछन् । कतार एअरवेजको उडान नम्बर ६५२ मार्फत उनी सो दिन बिहान साढे १० बजे फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू