पाँच महिनादेखि अर्धचेत गाउँपालिका अध्यक्षको निधन

पाँच महिनादेखि अर्धचेत गाउँपालिका अध्यक्षको निधन

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुको निधन भएको छ । माघ १० गतेको ब्रेन ह्यामरेजपछि उपचार गरेपनि उनी घरमै अर्धचेत अवस्थामा थिए ।

गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित गच्छदारको हिजो निधन भएको हो । आज बिहान १० बजे दाह संस्कार गरिने बताइएको छ ।

दाह संस्कारअघि पालिका अध्यक्षको पार्थिव शरीरलाई ग्रामथान गाउँपालिकामा आधा घण्टा राखिने जनाइएको छ ।

टिप्पणीहरू