शासकहरुमा राणाकालीन र पञ्चायती प्रवृत्ति कायम रहेको सांसदको आरोप

शासकहरुमा राणाकालीन र पञ्चायती प्रवृत्ति कायम रहेको सांसदको आरोप

प्रतिनिधि सभाका सभासद् डा. अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । बैठकमा प्रधानमन्त्री र मन्त्रीहरुले सांसदको कुनै सुनुवाइ नगर्ने भएकाले बजेटमाथिको छलफलको अर्थ नरहेको सिंहको भनाई छ । 

उनले भने, ‘संसदमा सांसदहरुले बोलेको कुरो बाटोमा हिँड्ने बटुवाले बोले सरह पनि हुने गरेको छैन ।’ आजको बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफल गरिएको छ ।

सिंहले गणतान्त्रिक संसदीय व्यवस्थामा पनि विगतका राणा र पञ्चायतकालको पद्धतिअनुरुप सरकार चलेको आरोप लगाएका छन् । उनका अनुसार हिजो र आजका शासकमा व्यक्ति फेरिए पनि प्रवृत्ति फेरिएको छैन ।

टिप्पणीहरू