राप्रपा अध्यक्षले पोखे बजेटको रिस बजेट पुस्तिकामा

राप्रपा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको रोष्ट्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातचुत पारिदिएका छन् । बजेट विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले  आक्रोशपूर्ण अभिव्यक्तिका साथ बजेट पुस्तिका च्यातेका हुन् ।

संसद बैठकमा बजेट पुस्तिका च्यात्नु संसदीय मर्यादा विपरित हुने बताए पनि उनले पुस्तिका च्यातेका थिए । उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हात परेदेखि नै आफ्नो रिसको पारो बढेको उल्लेख गरे ।

अध्यक्षले बजेट पुस्तिका च्यातचुत पारिदिँदा राप्रपाका सांसदहरुले ताली ठोकेका थिए । उनले योजनाको ठेगाना उल्लेख नगरी राखिएको बजेट शीर्षकप्रति आपत्ति जनाएका हुन् ।

भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई उनले सोधे, ‘कुन विधि र प्रक्रियाले योजना राखिएको हो ?’

टिप्पणीहरू